मालिकार्जुन शंकरपुर—जौलजीवि जोड्ने सडक निर्माण कार्य सुरु 

३ बर्ष अघि

२0७७ कार्तिक १९ बुधबार

मालिकार्जुन शंकरपुर—जौलजीवि जोड्ने सडक निर्माण कार्य सुरु 

दृष्टिकोण समाचार कार्तिक १९ दार्चुला । मालिकार्जुन गाउँपालिकाको शंकरपुर–जौलजीवि जोड्ने सडक आजदेखि निर्माण कार्य सुरु भएको छ । बैतडी पूर्वाधार विकास कार्यालयद्धारा निर्माण गर्न लागिएको उक्त सडकको निर्माण कार्य आजदेखि सुरु गरिएको वडा नम्बर ८ का वडाध्यक्ष पदमराज पन्तले बताउनु भयो । ‘शंकरपुर–जौलजीवि सडकको निर्माण कार्य आजदेखि सुरु भएको छ’ वडाध्यक्ष पन्तले भन्नु भयो । सडक निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले ३० लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्ष २०७६÷७७ मै बजेट विनियोजन गरिएको उक्त सडकमा कोरोना महामारीका कारण देखाउदै गत वर्ष निर्माण गर्न भएको थिएन । उक्त सडक निर्माणको जिम्मेवारी पाएको ठेकेदारले कोरोना महामारीका कारण देखाउदै निर्माण कार्य नगरेकाले यो वर्षदेखि निर्माण कार्य सुरु गरेको हो । ‘प्रदेश सरकारले सडक निर्माणका लागि गत वर्ष नै ३० लाख बजेट विनियोजन गरेको थियो, कोरोना महामारीको कारण काम हुन सकेको थिएन’ उहाँले भन्नु भयो । गत वर्ष नै निर्माण गर्नुपर्न सडकको निर्माण कार्य हुन नसकेपछि यो वर्षको पुषसम्म म्याद थप गरेर सडकको निर्माण कार्य सुरु गरिएको हो । शंकरपुर–जौलजीविसम्मको सडक निर्माण कार्य सम्पन्न भएसंगै मालिकार्जुन गाउँपालिकाका महाकाली बेल्टका स्थानीयहरुलाई सहज हुने छ ।