नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार नाघ्यो 

३ बर्ष अघि

२0७७ कार्तिक १९ बुधबार

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार नाघ्यो 

काठमाण्डौ कार्तिक १९ ।  नेपालमा  कोरोना भाइरसका सङ्क्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार ३ हजार ३ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।गएको २४ घण्टामा १३ हजार एक सय ४४ जनाको नमुना परीक्षण भएको हो । त्यस्तै गएको २४ घण्टामा तीन हजार आठ सय ४४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ४४ हजार नौ सय ७८ पुगेको छ ।  अब नेपालमा ३६ हजार नौ सय ११ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार तीन सय पाँच जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ३० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ३४ पुगेको मन्त्रालयले जनाएको छ ।