मुम्बईलाई हैदराबादले १० विकेटले हरायो 

३ बर्ष अघि

२0७७ कार्तिक १९ बुधबार

मुम्बईलाई हैदराबादले १० विकेटले हरायो 

दृष्टिकोण समाचार कार्तिक १९ काठमाडौं । आईपीएल क्रिकेटमा मुम्बईलाई हैदराबादले १० विकेटले हराएको छ । यसँगै आईपीएल क्रिकेटको प्लेअफ समीकरण पूरा भएको छ । प्लेअफ प्रवेशका लागि हैदराबादले १ सय ५० रनको लक्ष्य १७ दशमलव एक ओभरमा बिना विकेटको क्षतिमा भेटाएको थियो । उसका लागि कप्तान डेभिड वार्नरले ८५ र रिद्धिमान साहले ५८ रन बनाए । बलिङ तर्फ हैदराबादका सन्दीप शर्माले ३ तथा ज्यासन होल्डर र साहबाज नदीमले समान दुई – दई विकोट हात पारेको थियो । चार ओभर बलिङ गर्दा १९ रन मात्र खर्चिएका नदीमा म्यान अफ द म्याच चुनिए । यो जितसँगै हैदराबादले आईपीएलको प्लअफमा स्थान सुरक्षित गर्न सफल भएका हुन । अब पहिलो क्वालिफायरमा साविक विजेता मुम्बई इण्डियन्स र दिल्ली कयापिटल्स तथा पहिलो इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदराबादबिच प्रतिस्पर्धा हुनेछ ।