पुर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन

३ बर्ष अघि

२0७७ कार्तिक १९ बुधबार

पुर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन

दृष्टिकोण समाचार कार्तिक १९ दार्चुला । पुर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको मृत्यु भएको छ । काठमाडौं स्थित नर्भिक अस्पतालमा मंगलबारदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा बुधबार बिहान ६ः२५ बजे निधन भएको हो । नर्भिक अस्पतालमा महराको पीसीआर टेष्ट गर्दा कोरोना पोजेटीभ देखिएको अस्पतालले पुष्टि गरेको छ । गएको दशैंमा पुख््रयौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गार्खा अस्पतालमा भर्ना गरिएको थियो । सीता महरामा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन् ।