नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि 

३ बर्ष अघि

२0७७ कार्तिक १८ मंगलवार

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि 

दृष्टिकोण समाचार कार्तिक १८ दार्चुला । नेपालमा पछिल्लो २४ घण्टामा थप  ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ४२ जना कोरोना संक्रमण मुक्त भएसँगै संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४१ हजार १ सय ३४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।