दुहँ गाँउपालिकामा ३ सय ९० मिटरलामो झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा

३ बर्ष अघि

२0७७ कार्तिक १८ मंगलवार

दुहँ गाँउपालिकामा ३ सय ९० मिटरलामो झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा

दृष्टिकोण समाचार कार्तिक १८ दार्चुला । दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाको वडा नम्बर २ हकिला र वडा नम्बर ५ गरमौरा जोड्ने झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुँुहूँ गाउँपालिका वडा नम्बर ५ र २ लाई जोड्ने ३ सय ७० मिटर लामो झोलुङ्गे पुल निर्माणको काम मध्ये फाउन्डेसनको सकाएर लठ्ठा तान्ने काम भईरहेको दुँहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । ३ सय ९० मिटर लामो तथा १ सय ९० मिटर उचाईमा रहेको उक्त पुलको कुल लगानी २ करोड १७ लाख रुपैँया रहेको छ । पुल निर्माणमा ट्राइल ब्रीज युनिट काठमाण्डौं, हेल्बीटास नेपाल तथा समाज कल्याण समाजले प्राविधिक सहयोग गरिरहेको छ । पुल निर्माण सम्पन्न पछि साहसीक पर्यटनका रुपमा रहेको बञ्जी जम्पको सम्भावना सहित सुदुरपश्चिम प्रदेश सरकारको बन वातावरण तथा पर्यटन मन्त्रालयले योजनाको विस्तृत प्रतिवेदन डिपीआर समेत तयार पारेको छ । दार्चुला जिल्लाबाट गाडीमा एक घण्टाको दुरीमा रहेको उक्त क्षेत्रमा पुल निर्माण भई बञ्जीजम्प सञ्चालनमा आएपछि समग्र दार्चुलाको पर्यटन क्षेत्र तथा दुहँु गाउँपालिकाको पर्यटनमा महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । झोलुङ्गे पुललाई पर्यटकीय दृष्टिकोणले निर्माण गर्न लागिएको हो । पुल समुन्द्री सतहदेखि करिब १६ सय मिटर माथि रहेको र नेपालकै लामो भनेर चिनिएको मनाङको ड्रोना खोलामा निर्माण भएको झोलुङ्गे पुलचार सय १२ मिटर उचाइको छ ।दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीका अनुसार झोलुङ्गे पुलको फाउन्डेसनको काम सकिएर लठ्ठा तान्ने काम सुरु भएको हो । मंसिर अन्तिम सम्म निर्माण सम्पन्न गरि झोलुङ्गे पुलको मुनी स्वीमिङ पुल, पार्क लगायतका संरचना बनाउने योजना समेत रहेको अध्यक्ष कार्कीले बताउनु भयो ।