पहिरोमा पुरिएर  गोकुलोश्वरमा एक जनाको मृत्यु 

६ बर्ष अघि

२0७५ श्रावण ९ बुधबार

 पहिरोमा पुरिएर  गोकुलोश्वरमा एक जनाको मृत्यु 

राम सिह धामी दृष्टीकोण समाचार दार्चुला ।।
दार्चुला जिल्लाको शैल्य शिखर नगरपालीकामा बुधबार विहान पहिरोमा परि एक जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालीका वडा नं. २ मा बस्ने नरेष भुलको पहिरोमा परि मृत्यु भएको हो । शैल्यशिखर नगरपालीका वडा नं. ९ गोकुलेश्वर बजार नजिकै रहेको घरमा माथिबाट खसेको पहिरोमा परि मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले जानकारी दिनु भयो । मंगलबार रात भरी भारि वर्षाका कारण बुधबार विहान ३ बजेतिर घर माथिबाट पहिरो खसेकाले अन्दाजि २२ वर्षका नरेष भुलको मृत्यु भएको प्रहरीले जानकरी दिएका छन ।  मृतक भुलको सव पोष्टमाटमका लागी गोकुलेश्वर अस्पतालमा राखिएको छ । मृतक नरेष भुल मजदुरी गर्नकालागी जग्वाचोर बुङग्रेबोगड सडक खण्डमा काम गरिरहेका थिए ।