दार्चुलामा थप एक जनामा कोरोना संक्रमण पुष्टि 

३ बर्ष अघि

२0७७ कार्तिक १८ मंगलवार

दार्चुलामा थप एक जनामा कोरोना संक्रमण पुष्टि 

दृष्टिकोण समाचार कार्तिक १८ दार्चुला । दार्चुलामा मंगलबार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बैतडी प्रयोगशालामा गरिएको परिक्षणमा ब्याँस गाउँपालिकाका ३० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । १३ जनाको स्वांब संकलन गरिएकोमा १२ जनाको रिर्पोट नेगेटिभ र १ जनाको पोजेटिभ भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । यो सँगै दार्चुलामा कोरोना संक्रमितको संख्या २ सय ६० पुगेको छ । जसमध्ये १ जना निको भएर घर फर्किएसकेका छन् भने ६ जना संक्रिय संक्रमित आईसुलेशनमा रहेका छन् ।