जगतपुरी धाम गोकुलेश्वरमा एकजना पुरुषको शव फेला 

३ बर्ष अघि

२0७७ कार्तिक १८ मंगलवार

जगतपुरी धाम गोकुलेश्वरमा एकजना पुरुषको शव फेला 

दृष्टिकोण समाचार कार्तिक १८ दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका ९ जगतपुरी शिवधाम नजिक सडकको भिरपट्टी नहरमा एक पुरुषको शव फेला परेको छ । आज बिहान ७ बजे जगतपुरी शिवधाम नजिक सडकको भिरपट्टी नहरमा शव फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उक्त शव डिलाशैनी  गाउँपालिका २ गन्ना घर भएका अन्दाजी ४० बर्षीय गोबिन्द घरेडीको रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र सिह साउँद नेतृत्वको टोली घटनास्थलमा खटिएको प्रहरी निरीक्षक एंवम् सुचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो । उक्त शवको आधिकारीक रुपमा पुष्टि हुन बाँकी रहेका र शव पोस्टमार्टमको लागि गोकुलेश्वर अस्पतालमा ल्याइने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंवम् सुचना अधिकारी चन्दले जानकारी दिनुभयो । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।