दिल्लीले बैंगलोर लाई पराजित ग¥यो

३ बर्ष अघि

२0७७ कार्तिक १८ मंगलवार

दिल्लीले बैंगलोर लाई पराजित ग¥यो

काठमाडौं १८ कार्तिक । दिल्ली आईपीएलको क्रिकेटमा दिल्लीले बैंगलोरलाई पराजीत गरेको छ । अबुधा स्थित शेख रंगशालामा सोमबार भएको म्याचमा रोयल च्यालेन्जर्स बैंगलौरलाई ६ विकेटले पराजित गरेको हो । १६ अंक सहित दिल्लीले क्वालिफायर यात्रा सुनिश्चित गरेको छ । बैंगलौरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले चार विकेटको क्षतिमा १९ औं ओभरमा पुरा गरेको थियो । अंक तालिकाको शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्स र दिल्लीबीच अगामी बिहीबार दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा क्वालिफायर १ मा प्रतिस्पर्धा हुनेछ । विजेता फाइनल प्रवेश गर्नेछ भने पराजित टीमले इलिमिनिटर विजेताबिच खेल्नेछ । दिल्लीसँग पराजित भएको बैंगलौरको पनि प्लेअफको स्थान सुरक्षित भएको छ । कोलकत्ता नाइट राइडर्ससँग समान १४ अंक भए पनि नेट रन रेटको आधारमा बैंगलोर तेस्रो स्थानमा रहेको छ ।