नेपालमा थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि 

३ बर्ष अघि

२0७७ कार्तिक १७ सोमबार

नेपालमा थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि 

कार्तिक १७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ४ सय ४६ जनाको पीसीआर परिक्षण गरिएकोमा १ लाख ७६ हजार ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ५० जना कोरोना संक्रमण मुक्त भएका छन् भने कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३७ हजार ९ सय ९२ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण थप २४ जना मृत्यु भएसँगै नेपालमा ज्यान गुमाउनेको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।