दुहुँ गाउँपालिकाको निशेधाज्ञा हटाइयो  

३ बर्ष अघि

२0७७ कार्तिक १७ सोमबार

दुहुँ गाउँपालिकाको निशेधाज्ञा  हटाइयो  

दृष्टिकोण समाचार कार्तिक १७ दार्चुला । दार्चुला जिल्लाको दुहुँ गाउँपालिकामा  सोमबार निशेधाज्ञा हटाइएको छ । वडा नं. २ हिकिलामा कोरोना संक्रमण पुष्टि भएकाले र शैल्यशिखर नगरपालिकाको वडा नं. ६ मिलमिली भारतबाट आएका ब्यक्तिमा समेत कोरोना रिपोर्ट पोजेटिभ देखिएकाले निशेधाज्ञा जारी गरिएको थियो । दुहँु गाउँपालिका तपशिलको चारकिल्ला क्षेत्रमा क्षेत्रमा निषेधाज्ञ जारी गर्न गरेको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको निशेधाज्ञा कार्तिक १७ गते बेलुकी ७ बजे देखि लागू हुने गरी हटाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो । कोरोना संक्रमणको जोखीम समुदायमा थप पैmलिन नदिन  निशेधाज्ञ अवधिभर अस्पताल, औषधी पसल लगायत अन्य कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु  बन्द गर्ने निर्णय गरिएको थियो । संक्रमण बढ्दै गएको भन्दै  अभैmपनि संक्रमण जोखिम कायम रहेकोले सामाजिक , भौतिक, ब्याक्तिगत दुरी कायम गर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भिडभाड हुने गतिविभि नगर्न नगराउन स्थानीय प्रशासनले सबैमा अनुरोध गरेका छ । हेनुहास् सुचना सहित