भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८२ लाख २९ हजार नाघ्यो 

३ बर्ष अघि

२0७७ कार्तिक १७ सोमबार

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८२ लाख २९ हजार नाघ्यो 

कार्तिक १७ नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८२ लाख २९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४५ हजार २ सय ३० जना नयाँ संक्रमित थपिए सँगै मृत्यु हुनेको संख्या ४ सय ९६ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी कोरोनो संक्रमितमध्ये संक्रमण मुक्त भएका ७५ लाख ४४ हजार ७ सय ९८ जना रहेका छन् । कोरोना भाइरसको संक्रमण बाट ज्यान गुमाउने संख्या १ लाख २२ हजार ६ सय ७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा भारतमा ५२३ हजार २ सय ८५ जना कोरोना मुक्त रहेका छन् भने ६१ हजार ९ सय ८ जना संक्रिय संक्रमित रहेको छन् ।