मन्त्री तमाङद्धारा राजीनामा 

६ बर्ष अघि

२0७५ श्रावण ८ मंगलवार

मन्त्री तमाङद्धारा राजीनामा 

कानुन तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिएका छन् । आफ्नै अभिव्यक्तिका कारण अलोचित बनेका मन्त्री तामाङले दिउँसो पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेर प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् ।
बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुको बारेमा दिएको अभिव्यक्तिका कारण पार्टी बाहिर र भित्र दवावमा परेका कारण उनले राजीनामा दिएका हुन् । 

नेकपाको सचिवालय बैठकमा नेताहरुले उनलाई राजीनामा गराउने बिषयमा सोमबार राती कुराकानी भएको थियो । उनको अभिब्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पनि उनको व्यापक अलोचना भएको थियो । 
माफी मागे तर, जोगिएन पद ।
विवादास्पद अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागेका थिए । तर, आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्याहरुलाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे । तर, आलोचना नरोकिएपछि यो मुद्दाले सरकार र पार्टीलाई बदनाम गर्ने भन्दै सत्तारुढ दल नेकपाले कानूनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएको थियो ।