दशरथचन्द नगरपालिका भित्रका एक सय परिवारहरुलाई खाद्यान्न सहयोग 

३ बर्ष अघि

२0७७ कार्तिक १७ सोमबार

दशरथचन्द नगरपालिका भित्रका एक सय परिवारहरुलाई खाद्यान्न सहयोग 

जनक साउँद बैतडी कार्तिक १७ । दशरथचन्द नगरपालिका भित्रका एक सय गरिब परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । कार्नेबल रेस्टुरेण्ट एण्ड मिटिङ प्रालीका संचालक नितेस चन्द र सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको पहल तथा विभिन्न समाज सेवीहरुको सहयोगमा नगरपालिका भित्रका गरिब परिवारहरुलाई खाद्यन्न सहयोग गरिएको हो । लामो समयको कोरोना महामारीका कारण छाक टार्न समस्या भएका परिवारहरुलाई प्रति परिवार २५ केजी चामल, १ केजी दाल, १ केजी नुन र १ प्याकेट खानेतेल बितरण गरिएको समाजसेवी एबम् सहिद दशरथचन्द स्मृति प्रतिष्ठान अध्यक्ष बिनोद बहादुर चन्दले जानकारी दिनुभएको छ । नगरपालिका भित्रका ११ औटै वडाहरुबाट अति बिपन्न एक सय परिवार छनौट गरि आद्यान्न सहयोग गरिएको हो । समाजसेवी पहलमा दानी चन्द, लिला चन्द, ललीत चन्द, निर्मला भट्ट र युवा ब्यवसायी बशन्त चन्दको आर्थिक सहयोगमा उक्त खाद्यान्न सामग्री दशरथचन्द नगरपालिका नगरप्रमुख नरेन्द्र सिंह थापा र नगर उपप्रमुख मिना चन्दले गरिब परिवारहरुलाई हस्तान्तरण गर्नुभएको हो । यस्तै जिल्ला अस्पताल बैतडीलाई पनी विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । कोरोना भाईरस संक्रमणको जोखीम बढ्दै गएको अवस्थामा स्वास्थ्य कर्मीहरुलाई केही मात्रामा भए पनि सहज होस भन्ने उद्देश्यले एन ९५ मास्क ६० थान र ६० थान फेससिड बितरण गरिएको हो । जिल्लामा अस्पताल बैतडीमा भेन्टिलेटर र जेनेरेटरको पनि अभाव रहेकोले सहयोग गर्नको लागि आफुहरुले पहल गर्ने बताएको समाजसेवी एब्म सहिद दशरथचन्द स्मृति प्रतिष्ठान अध्यक्ष चन्दले जानकारी दिनुभयो ।