नेपालमा २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कारोना संक्रमण पुष्टि 

३ बर्ष अघि

२0७७ कार्तिक १६ आईतवार

नेपालमा २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कारोना संक्रमण पुष्टि 

काठमाडौं कार्तिक १६ । नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार २३ जनाको पीसीआर परिक्षण गर्दा २ हजार ८ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारणले ज्यान गुमाउनेको संख्या २३ पुगे सँगै नेपालमा मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म कोरोना सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ पुगेको छ ।