प्रहरी जवान भर्ना आवाहन खुला

३ बर्ष अघि

२0७७ कार्तिक १६ आईतवार

प्रहरी जवान भर्ना आवाहन खुला

दृष्टिकोण समाचार कार्तिक १६ दार्चुला । देशभरी नेपालप्रहरी जनवानको भर्ना आवाहन खुला भएसंगै दरखास्त दिनेको भिड बढ्न थालेको छ । जिल्ला प्रहरी कार्यालय तथा देशभरीका प्रहरी कार्यालयहरुमा आईतबारबाट दरखास्त भर्नेहरुको भिड बड्न थालेको हो । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवानमा खुल्ला प्रतियोगिता द्वारा समावेशी प्रावाधान अनुसार पद पुर्तिको लागि सूचना जारी भए संगै जिल्ला प्रहरी कार्यालय तथा तालिम केन्द्रहरुमा फारम भरिने छन । नेपाल प्रहरी जवान पदको लागि दरखास्त फारम भर्न दार्चुलामा सुरु गरिएको जिल्ला प्रहरी कार्यालयलको भर्ना तथा छनोट शाखा दार्चुलाले जनाएको छ । कार्तिक १६ गते देखि मंसिर २३ गते सम्म इच्छुक ब्यक्तिले बुझाउनु पर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।