जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाईते 

३ बर्ष अघि

२0७७ कार्तिक १६ आईतवार

जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाईते 

दृष्टिकोण समाचार, कार्तिक १६ दार्चुला । बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु दुई जना घाईते भएका छन्् । जिल्लाको बुढीगंगा नगरपालिका वडा न ४ स्थित बेलकाटयामा जीप दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । फालासैनबाट आईरहेको से १ ज ११८० नम्बरको जीप दुर्घटना हुँदा सोही वडाका अन्दाजी ४ बर्षीय बालक प्रिन्स मिजारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुर्घटनामा परी घाईते हुनेमा बुढीगंगा नगरपालिका ४ कै २५ बर्षीय कमल बहादुर नेपाली र २४ बर्षीय निरन्जन नेपाली रहेको जिल्ला कार्यालय बाजुराले जनाएको छ । घाईते दुबै जनाको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।