हैदराबाद पाँच विकेटले विजयी 

३ बर्ष अघि

२0७७ कार्तिक १६ आईतवार

हैदराबाद पाँच विकेटले विजयी 

कार्तिक १६ काठमाडौं । आइपीएल क्रिकेटममा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराएको छ । शानिबार राति बैग्लोरले दिएको १ सय १२१ रनको लक्ष्यले हैदराबादले ३५ बल बाँकी छँदै पाँच विकेट गुमाए भटायो । हैदराबादका लागि क्रद्धिमान साहले ३९ र मनिष पाण्डेले २६ रन बनाए । छक्का प्रहार गर्दै हैदरावादलाई जित दिलाउने जेसन होल्डर १० बलमा २६ रन बनाउँदै नटआउट भएका छन् । युएईमा जारी आईपीएलको १३ औं संस्करणमा हैदराबादको यो छैटौं जित र बैंग्लोरको छैटौं हार हो । यसअघि शारजहाँ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंग्लोरले निर्धारित २० ओभरमा सात  विकेट गुमाउँदै १ सय २० रन बनाएको थियो । ओपनर जोश फिलिपले सर्वाधिक ३२ रन बनाए थिए । एबी डिभिलियर्सले २४ र वाशिङ्टन सुन्दरले २१ रन बनाए । कप्तान विराट कोहलीले ७ रन मात्रै बनाउन सफल भए । हैदराबादका लागि सन्दिप शर्मा र जेसन होल्डरले २–२ विकेट लिए । चार ओभर बलिङ गर्दा २० रन खर्चिएर २ विकेट लिएका शर्मा म्यान अफ द म्याच भए थिए ।