दार्चुलाको लेकममा एक जनाको शव फेला,, हत्याको आरोपमा एकजना पक्राउ

३ बर्ष अघि

२0७७ कार्तिक १६ आईतवार

दार्चुलाको लेकममा एक जनाको शव फेला,, हत्याको आरोपमा एकजना पक्राउ

दृष्टिकोण समाचार कार्तिक १६ दार्चुला ।दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ टकनामा चोट लागेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । लेकम गाउँपालिका वडा नम्बर ४ का स्थानीय तेज बहादुर पालको शव आज विहान फेलापरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिनुभयो । टाउकोमा घाउ भएको अवस्थामा टकना गाउँमा घर भन्दा करिब ५÷६ सय मिटर टाढा पालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरिक्षक भाष्कर चन्दले बताउनुभयो । प्रहरीको टोली घट्ना स्थलमा खटि अनुसन्धान गर्दा हत्या भएको खुलाशा भएको छ । ईलाका प्रहरी कार्यालय  रिठाचौपताबाट प्रहरी नायब निरीक्षक लोकेन्द्र पुजारा नेतृत्वको टोली र त्यस पश्चात् इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र सिंह साउँदको नेतृत्वमा प्रहरी टोली घट्ना स्थलमा पुगेको थियो । पूर्व प्रहरी सहायक निरीक्षक रहेका  पालको टाउकोमा लठ्ठीले प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक चन्दले बताउनु भयो । सोही ठाउँका अन्दाजी वर्ष ३०÷३२ का रमेश पाल पक्राउ परेका छन् । हत्या गरि फरार रहेका पाललाई आइतबार बिहान करिब साढे ७ बजेतिर प्रहरी चौकी सेरा बैतडीको सहकार्यमा पक्राउ गरि थप अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय दार्चुलामा ल्याईने  प्रहरी निरीक्षक एवं सूचना अधिकारी चन्दले बताउनु भयो ।