दल्लेक प्रहरीले १४ जना जुवाडे पक्राउ

३ बर्ष अघि

२0७७ कार्तिक १६ आईतवार

दल्लेक प्रहरीले १४ जना जुवाडे पक्राउ

दृष्टिकोण समाचार कार्तिक १६ दार्चुला । नौगाड गाउँपालिकाको  खारमा १४ जना जुवाडे पक्राउ परेका छन् । दार्चुला जिल्लाको नौगाड गाँउपालिका वडा नं. ३ खार बाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा १४ जना लाई पक्राउ गरेको हो । स्थानीय जुवाडेबाट ६० हजार ४ सय ६५ नगद रुपैयाँ र दुई गड्डी तास सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिनुभयो । दल्लेख प्रहरी चौकीका प्रहरी नायब निरीक्षक केशब दत्तपन्तको नेतृत्वमा खटिएको टोलीले शनिबार राती करिब साढे १० बजेर तिर जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरिक्षक भाष्कर चन्दले बताउनुभयो । प्रक्राउ परेकाहरुलाई दल्लेख प्रहरी चौकीमा राखिएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहल्याएको प्रहरीेले जनाएको छ ।