दार्चुलाका २ सहित नेपालमा शनीबार २ हजार ५ सय ८ जनामा कोरोना पुष्टि

३ बर्ष अघि

२0७७ कार्तिक १५ शनिबार

दार्चुलाका २ सहित नेपालमा शनीबार २ हजार ५ सय ८ जनामा कोरोना पुष्टि

दृष्टिकोण समाचार कार्तिक १५ दार्चुला । शनिबार नेपालमा थप २ हजार ५ सय ८जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका २ जना सहित  २ हजार ५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए छन । यस्तै पछिल्लो २४ घण्टामा १७ जनाको निधन भइसकेको छ । यस्तै संक्रमितममध्ये १ हजार ३ सय ५७ जना काठमाण्डौँ उपत्यकाका रहेका छन् । आज ९ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको थियो । आज २ हजार २ सय ६४ जना डिस्चार्ज भएका छन्् भने अहिलेसम्म १ लाख ३१ हजार २ सय २२ जना डिस्चार्ज भइसकेको छन ।