दार्चुलामा थप २ जनामा कारोना संक्रमण पुष्टि 

३ बर्ष अघि

२0७७ कार्तिक १५ शनिबार

दार्चुलामा थप २ जनामा कारोना संक्रमण पुष्टि 

दृष्टिकोण समाचार कार्तिक १५ दार्चुला । दार्चुलामा शनिबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । डडेल्धुरा प्रयोगशालमा गरिएको परिक्षणमा दुँहू गाउँपालिकाका ४ वर्षिय १ जना महिला र १९ वर्षिय १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । १३ जनाको स्वांब संकलन गरिएकोमा ११ जनाको रिर्पोट नेगेटिभ र २ जनाको रिर्पोट पोजेटिभ भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । यो सँगै दार्चुलामा कोरोना संक्रमितको संख्या २ सय ५९ पुगेको छ । जसमध्ये ६ जना निको भएर घर फर्किसकेका छन् भने ५८ जना संक्रिय संक्रमित आईसुलेशनमा रहेको छन् ।