राजस्थानले पन्जाबलाई सात विकेटले हरायो 

३ बर्ष अघि

२0७७ कार्तिक १५ शनिबार

राजस्थानले पन्जाबलाई सात विकेटले हरायो 

कार्तिक १५ काठमाडौं । आईपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा राजिस्थानले पन्जाबलाई ७ विकेटले हराएको छ । राजस्थानको जितमा बेन स्टोक्सले ५० रन योगदान गरेका थिए । अल राउन्ड प्रदर्शन गरेकोले उनी म्यान अफ द म्याच बने । रेबिन उथप्पाले ३० रन बनाउँदा स्टिभ स्मिथ ३१ र जोस बटलर २२ रनमा नटआउट रहे । बलिङतर्पm मुरुगान आश्विन र क्रिस जोर्डनले १—१ विकेट लिए । यसअघि अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८५ रन बनाएका थिए । पन्जाबका लागि क्रिस गेल शतक बनाउन १ रनले चुकेको हुन । ६३ बल सामना गरेको उनले ८ छक्का र ६ चौकाको मद्दलमा ९९ रन बनाए । यसैगरी राहुलले ४१ बलमा ४६ रन बनाए । मन्दिप सिंहले खाता नै खोल्न सकेनन् । बलिङतर्पm जोफ्रा आर्चर र बेन स्टोक्सले २–२ विकेट लिएका थिए ।