नेपालमा २४ घण्टामा ३ हजार ५ सय १७ कोरोना संक्रमित थपिए 

३ बर्ष अघि

२0७७ कार्तिक १४ शुक्रबार

नेपालमा २४ घण्टामा ३ हजार ५ सय १७ कोरोना संक्रमित थपिए 

काठमाडौ कार्तिक १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या नेपालमा १ लाख ६८ हजार २ सय ३५ पुगेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या ३ लाख ८३ हजार ५७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ४ हजार ९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २८ हजार १ सय ५८ पुगेको र उनीहरु देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा ज्यान गुमाउने संख्या ९ सय २० पुगेको छ ।