छुटेकाहरुले मान्यजनहरुबाट टिका ग्रहण गरि दशै समापन गरियो ।।

३ बर्ष अघि

२0७७ कार्तिक १४ शुक्रबार

छुटेकाहरुले मान्यजनहरुबाट टिका ग्रहण गरि दशै समापन गरियो ।।

दृष्किोण समाचरा कार्तिक १४ दार्चुला आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधाना गरी समापन गरिएको छ । शुक्रबार साँझ महालक्ष्मीको पूजा आराधाना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिडेकी महालक्ष्मी प्रवेश गरी धन,धन सम्पत्ती दिई सम्पन्न बनाउँछिन भन्ने धार्मिक विश्वास रहि आएको छ । माता दुर्गाका तीनवटा रुप मध्येका एक रुप महालक्ष्मीको पूजा गरेर विजया दशमीलाई बिदा गर्ने चलन छ । नवरात्र विजया दशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुने पण्डीतहरुको भनाई छ । दशैको अन्तिम अर्थात कोजाग्रत पूर्णिमाको दिन भएकाले टाढा टाढाबाट मान्यजन कहाँ आएर टीका, जमरा र आशिर्वाद लिई दशै समापन गरिएको हो ।