बन्द रहेको महाकाली नगरपालिकाको नगरबस संचालनमा

३ बर्ष अघि

२0७७ कार्तिक १४ शुक्रबार

बन्द रहेको महाकाली नगरपालिकाको नगरबस संचालनमा

दृष्टिकोण समाचार, कार्तिक १४ दार्चुला । कोरोना भाइरस संक्रमणका कारणले बन्दरहेको महाकाली नगरपालिकाको नगर बस बिहिबारबाट संचालन गरिएको छ । दार्चुला जिल्लाको महाकाली नगरपालिकाको नगर बस पुरानै भाडा दर कायम गरि नियमित रुपमा संचालन भएको हो । समुदाय स्थरमा कोरोना संक्रमण फैलिएको भन्दै असोज २९ गतेबाट दार्चुला सरदमुकाममा निशेधाज्ञा जारी गरिएकाले नगर बस पनि बन्द गरिएको थियो । कार्तिक ११ गतेबाट निशेधाज्ञा हटाए संगै विहबार बाट महाकाली नगरपालिकाको नगर बस सञ्चालन गरिएको हो । स्थानियहरुले यातायातमा खेप्दै आएरहेको समस्याहरुलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरि पुरानै भाडादरमा नगरबस संचालन गरिएको महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत आनसिह बडालले जानकारी दिनु भयो । बसमा सवार गर्ने नागरिकले मास्कको प्रयोग, बसमा चढनु भन्दापहिले स्यानिटाइजरको प्रयोग गरेर मात्रै नगरबसमा सवार गर्न दिईने महाकाली नगरपालिकाले जनाएको छ । बस सेवा महाकाली नगरपालिकाको वडा नं. ४ बस पार्कबाट वडा नं. ९ बेत सम्म नियमित सुचारु भईरहेको छ ।