नेपालका राष्ट्रिय टोलीका ४ खेलाडीलाई कोरोना संक्रमण पुष्टि 

३ बर्ष अघि

२0७७ कार्तिक १४ शुक्रबार

नेपालका राष्ट्रिय टोलीका ४ खेलाडीलाई कोरोना संक्रमण पुष्टि 

कार्तिक १४, काठमाडौं । नेपाका ४ वटा राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अखिल नेपाल फुटबल संघले बिहीबार देखि प्रशिक्षणमा बालाइएका ३४ जना खेलाडीमध्ये चार जनामा कोरोना संक्रमति पुष्टि भएको हो । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलसनमा बसेका छन् । नेपालले बङ्ग्लादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ । एन्फाले खलाडीहरुलार्य त्रिपुरेश्वर स्थित ब्ल्र्ड टे«ड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खलकुद परिषदले एन्फालाई अनुमति दिएको हो । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी शुरु गरेका छ । टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपुर्ण खेल खेल्न लागेको हो ।