पस्तीमा पहिरोमा पुरीएर मृत्यु भएका दमाई परिवारलाई मलेसियाबाट राहात रकम हस्तान्त्रण ।।

३ बर्ष अघि

२0७७ कार्तिक १३ बिहीबार

पस्तीमा पहिरोमा पुरीएर मृत्यु भएका दमाई परिवारलाई मलेसियाबाट राहात रकम हस्तान्त्रण ।।

दृष्टिकोण समाचार कार्तिक १३ दार्चुला, दार्चुला जिल्लाको मालिकार्जुन गाउपालिकाको केन्द्र पस्तीमा परिहरोमा परि ज्यान गुमाएक ा दमाई परिवारलाई मलेसियामा बस्ने नेपालीहरुले राहत संकलन गरिएको रकम बिहिबार हस्तान्त्रण गरिएको छ ।  यहि श्रावण ०६ गते स्यानो दमाईका दुईवटै छोराहरु अर्जनु दमाई र मिलन दमाईको पहिरोमा परि निधन भएको थियो । मालिकार्जुन गाउँपालिका–८ पस्तिमा घर माथिबाट पहिरो खस्दा उनीहरुको मृत्यु भएको हो । पस्तिमा दिदि लक्ष्मी दमाईको पसलमा लुगा सिलाउने कामगर्न दुइवटै दाजु भाई अर्जुन र मिलन लेकम गाँउपालिकाको वडा नं.५ पीडबाट मालिकार्जुन गाँउपालिकाको पस्ती गएका थिए । उनिहरुको पिडालाई देखेर मलेसियामा कामगर्ने  मालिकार्जुन गाउँपालिका वडा नं ४ बस्ने टिका ढोलीको अगुवाईमा संकलन गरिएको २० हजार ५ सय  राहात रकम पत्रकार महासंघ दार्चुलाका सचिव कृष्णसिह धामीले लेकम गाउँपालिकाका ५ मा पुगि पडित सानु दमाईलाई हस्तान्त्रण गरेका छन । मलेसियामा कामगर्ने नेपाली दाजुभाईहरुले आर्थिक सहयोग गरेर संकलन भएको सहयोग रकम विहिबार हस्तान्तरण गरेको हो । यो भन्दापहिले जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट ३ लाख,गतिशील व्यक्तित्व विकासबाट ६५ हजार,लेकम गाउँपालिकाबाट २ लाख र मालिकार्जुन गाउँपालिकाबाट ३० हजार आर्थिक सहयोग पाएका छन ।