दशैको चहल पहल सकिए संगै सदरमुकाममा भिडभाड बढ्यो

३ बर्ष अघि

२0७७ कार्तिक १३ बिहीबार

दशैको चहल पहल सकिए संगै सदरमुकाममा भिडभाड बढ्यो

दृष्टिकोण समाचार कार्तिक १३ दार्चुला । दशैको चहलपहल सकिए संगै दार्चुला सदरमुकाममा भिड भाड बढेको छ । दशै मनाउनकालागि गाउँघर गएकानागरिकहरु दशै सकिएलगत्तै सदरमुकामफर्किएपछि भिडभाड बढेकोहो । विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमाका दिन सम्म मान्यजन बाट टीका,जमरा र आशिर्वाद ग्रहणका लागि जिल्ला सदरमुकामा बसोबास गर्ने स्थानीयहरु गाँउ जादा सदरमुकाम सुन सान बनेको थियो । दशैँको रौनक सकिए पछि अहिले गाँउबाट सदरमुकाम आउनेहरुको भिडभाड बढन थालेको महाकाली जिपव्यवसायिक समितिका सचिव सर्पराज बडुको भनाई छ । दशै अघि गाँउ फर्किनेको लर्को थियो भने दशैँ सकिए पनि सदरमुकाम फर्किनेको संख्या बढि रहेको सचिव बडुले बताउनु भयो । त्यस्तै कार्तिक ७ गतेबाट ५ दिन बन्द रहेकाले दशै मनाउन कार्य क्षेत्रबाट गाउँ घर गएका कर्मचारीहरु पनि फर्किए संगै भिड भाड बढेको छ ।