वीरबहादुर ठगुन्नाको शोक सभा दार्चुलामा पनि मनाइयो 

३ बर्ष अघि

२0७७ कार्तिक १३ बिहीबार

वीरबहादुर ठगुन्नाको शोक सभा दार्चुलामा पनि मनाइयो 

दृष्टिकोण समाचार कार्तिक १३ दार्चुला । दार्चुलाका कम्युनिष्ट आन्दोलनका संस्थापक नेता बीर बहादुर ठगुन्नाको निधन पछि दार्चुलामा पनि शोक सभा मनाएका छन । साढे तीन वर्ष लामो समय देखि मुखको क्यान्सर बाट पीडित ठगुन्नाको बुधबार काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो । उहाँको निधन पछि नेकपा दार्चुलाले विहिबार श्रद्धाञ्जली कार्यक्रम गरि शोक भाव मनाएका थियो । उक्त कार्यक्रममा नेकपा दार्चुला नेता तथा कार्यकर्ताहरुले स्वर्गिय नेता बीर बहादुर ठगुन्नाको फोटोमा फूल माला लगाई उहाँले पार्टीको संघठन विस्तार योगदानको प्रसंशा समेत गरेको नेकपा दार्चुलाका प्रचार विभाग प्रमुख खडक सिह बडालले जानकारी दिनुभयो ।भने तत्कालीन नेकपा एमाले दार्चुलाका संस्थापक पार्टी प्रमुख एबं नेकपा अनुशासन आयोगका सदस्य वीरबहादुर ठगुन्नाको विहिबार पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।