दार्चुलामा ट्याक्टरले च्यापिएर ३२ बषीय  चालकको मृत्यु

३ बर्ष अघि

२0७७ कार्तिक १३ बिहीबार

दार्चुलामा ट्याक्टरले च्यापिएर ३२ बषीय  चालकको मृत्यु

दृष्टिकोण समाचार कार्तिक १३ दार्चुला , दार्चुला जिल्लाको अपिहिमाल गाँउपालिका वडा नं. ५ मा  ट्याक्टरले च्यापिएर ३२ बषीय चालकको मृत्यु भएको छ । बिहिबार अपिहिमाल गाउँपालिका–५ घोडेभित्तामा ट्याक्टरले च्यापिएर दाङका ३२ वर्षीय प्रेम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ट्याक्टर रोकेर शौचका लागि सडक किनारमा गएका थापाले चलाएको ट्याक्टर अचानक गुडेको र रोक्न खोज्दा च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक भाष्कर  चन्दले जानकारी दिनु भयो । अहिले शवलाई पोष्टमाटमका लागि गोकुलेश्वर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । लटिनाथान बजारबाट मकरीगाड हाइड्रो पावरका लागि सिमेन्ट लैजाने क्रममा आफैंले चलाएको ट्याक्टरले च्यापेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिनु भयो ।