गाडखोलाका पहिरो पिडित परिवारलाई  समुदाय स्थरबाट राहत संकलन गरि वितरण 

३ बर्ष अघि

२0७७ कार्तिक १२ बुधबार

गाडखोलाका पहिरो पिडित परिवारलाई  समुदाय स्थरबाट राहत संकलन गरि वितरण 

दृष्टिकोण समाचार कार्तिक १२ दार्चुला । दार्चुला जिल्लाको मालिकार्जुन गाँउपालिका वडा नम्बर २ गाडखोलाका पहिरो पिडितहरुलाई समुदाय स्थरबाट राहत सकम संकलन गरि वितरण गरिएको छ । हाम्रो मात्रीभुमि हाम्रो स्वाभिमान अभियानको पहलमा अमेरीकामा बस्ने नेपालीहरु र दार्चुला जिल्ला बासिहरुकोे सहयोगबाफत संकलन गरिएको कुल ४ लाख १ हजार ४ सय ६ रुपैँयाँ ६ परिवारलाई सहयोग बाफत वितरण गरिएको हाम्रो मात्रीभुमि हाम्रो स्वाभिमान अभियानका संयोजक हिरा सिह धामीले जानकारी दिनु भयो । मालिकार्जुन गाँउपालिका वडा नं. २ गाडखेलामा साउन २ गतेको बर्षाका कारण पहिरो खस्दा १५ परिवार विस्तापित भएका थिए । तिनिहरु मध्ये पुर्ण रुपमा घरखेत बगाएका ६ परिवारलाई प्रति परिवार रु ६६ हजार ९ सर १० रुपयाँका दरले राहत वितरण गरेका छन । अहिले सम्म पुुर्ण रुपमा घरखेत तथा गाई बस्तु बगाउदा सम्म पनि कुनै निकायबाट राहत नभएको र पछिल्लो समय निजि संस्थालाई हामी पिडितहरुलाई राहत दिदा  धेरै ठुलो सहयोग भएको पहिरो पिडित ललित सिह धामीले बताउनु भयो । व्यतिmगत सहयोग भन्दा पनि सरकारी निकायबाट पाउनु पर्ने राहत अहिले सम्म नपाउदा अबका दिनमा पनि यस्तै हुने हो भने हामी पिडितहरु स्थानीय, प्रदेश र केन्द्रिय सरकार संग सहयोग माग्न तयार रहेको  अर्का पिडित कम्मान सिह धामीले गुनासो गर्नु भयो । दार्चुला जिल्लाका विभिन्न ठाँउमा बाढिपहिरोका कारण विस्तापित परिवारहरुले राहतको नाममा नेपाल रेडक्रस सोसाईतिको त्रिपाल, एकजोर भाँडाकुडा बाहेक कनुै राहत पाएका छैन । स्थानीय तहहरुले राहतका लागि डाटा संकलन तथा राहतकालागि जिल्ला प्रशासनमा विवरण बझाएको भएपनि बाढिपहिरोबाट पिडित परिवारले कृयाखर्चबाहेक कुनै राहत नभएको पिडितहरुले गुनासो समेत गरेका छन ।