२ लाख २३ हजार नगद सहित ५ जना जुवाडे पक्राउ

३ बर्ष अघि

२0७७ कार्तिक १२ बुधबार

२ लाख २३ हजार नगद सहित ५ जना जुवाडे पक्राउ

कैलाली कार्तिक १२ । कैलालीमा ५ जना जुवाडे पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–६ मा २ लाख २३ हजार ५ सय नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुलाई कृष्ण बहादुर खड्काको कुखुरा फर्म भित्र तास खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गौरीगंगा नगरपालीका ६ बस्ने ६० बर्षका भक्त बहादुर शाही, सोही ठाउँ बस्ने बर्ष ५२ का बिर बहादुर साउँद, ४५ बर्षका डम्मर शाही, ४२ बर्षका राम बहादुर साउँद र बर्ष ३६ का रंग साउँद रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । उनीहरुको साथबाट नगद सहित २ गड्डी तास समेत फेला परेको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।