अरीगालको टोकाईबाट २ बालीकाको मृत्यु

३ बर्ष अघि

२0७७ कार्तिक १२ बुधबार

अरीगालको टोकाईबाट २ बालीकाको मृत्यु

डोटी कार्तिक १२ । डोटीमा २ बालीकाको मृत्यु भएको छ । अरींगालको टोकाईबाट डोटीको सायल गाउपालिका–१ की ५ बर्षिया मनिसा रोकाया र उनकी बहिनि ३ बर्षिया श्रृजना रोकायाको अरींगालको टोकाईबाट मृत्यु भएको हो । स्थानिय भिम बहादुर रोकायाकी दुबै छोरी मनिसा र श्रृजना घर नजिकै खेली रहेको अबस्थामा अरींगालको टोकाईबाट घाईते भएका थिए । उनिहरु दुबै जनालाई उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको पालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए ।