बैतडीः ५ सय सवारी साधन कारबाहीमा, एकमहिनामै झण्डै ३ लाख राजस्व संकलन

३ बर्ष अघि

२0७७ कार्तिक १२ बुधबार

बैतडीः ५ सय सवारी साधन कारबाहीमा, एकमहिनामै झण्डै ३ लाख राजस्व संकलन

 डीआर भट्ट बैतडी कार्तिक १२ । ट्राफिक कार्यालय बैतडीले एक महिनाको अवधीमा करिब ३ लाख रुपयाँ राजस्व संकलन गरेरको छ । ट्राफिक नियम विपरित चलेका सवारी साधनहरुलाई कार्बाही गरि गत असोज महिनामा मात्रै ट्राफिक कार्यालय बैतडीले २ लाख ८८ हजार ५ सय रुपयाँ राजस्व संकलन गरेको हो ।ट्रार्फिक नियम विपरित चलेका ४ सय ९९ सवारी साधानहरुलाई कार्बाही गरेर २ लाख ८८ हजार ५सय राजस्व संकलन गरिएको ट्राफिक कार्यालय बैतडीका प्रमुख राजेन्द्र सिहँ रावलले जानकारि दिनुभएको छ ।उहाँका अनुसार असोज महिनामा मात्रै १० ओटा बष, ८४ ट्रक, २ सय २५ जिप, ३१ ट्याकक्टर, ४९ मोटसाइकल कार्बाहीमा परेका हुन् । सवारी साधन चलाउँदा सवारी चालक अनुमति पत्र लाइसेन्स नभएका, सिट बेल्ट तथा हेलमेट नलगाउने, मादकपर्दाथ सेवन गरेका, क्षमता भन्दा धेरै यात्रु बोक्ने ,तिब्रगतिमा सवारी साधन हाक्नेहरु कार्बाहीमा पर्ने गरेका जिल्ला ट्राफिक कार्यालय बैतडीेले जनाएको छ ।