बैतडीको प्रयोगशालामा रोकिएको पिसिआर परीक्षण पुनः सुरु

३ बर्ष अघि

२0७७ कार्तिक १२ बुधबार

बैतडीको प्रयोगशालामा रोकिएको पिसिआर परीक्षण पुनः सुरु

बैतडी कार्तिक १२ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा रोकिएको पिसिआर परीक्षण पुनः सुरु भएको छ । दशैं विदामा कर्मचारि घर गएपछि ८ गते देखि रोकिएको कोरोना परिक्षण बुधबारबाट  पुनः सुरु भएको हो । प्रयोगशालामा कार्यारत कर्मचारी बिदामा गएपछि कोरोना परीक्षण ८ गते देखि रोकिएको थियो। प्रयोगशालामा कार्यरत कर्मचारि दशैँ विदामा घर गएपछि ८ गतेदेखि बन्दरहेको प्रयोगशाला बुधबारबाट सञ्चालनमा आएको जिल्ला अस्पताल बैतडीका सुचना अधिकारि मोहन  ठगुन्नाले जानकारि दिनुभएको छ । १२ गते सम्मका लागि कर्मचारीहरु बिदामा गएकाले प्रयोगशालमा ८ गते देखि परीक्षण रोकिएको थियो । यस्तै बुधबारबाटै स्वाब संकलन गर्ने कार्यपनि भरहेको छ । पिसिआर प्रयोगशालाको असोज १ गते उद्घाट गरिएको थियो । असोज १ गतेदेखि कात्तिक ७ गते सम्म १ हजार ४ सय ११ नमुना परीक्षण गरिएको सुचना अधिकारि ठगुन्नाले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत असोज १ गतेदेखि जिल्ला अस्पताल बैतडीमा पिसिआर प्रयोगशाला स्थापना गरिएको थियो । अहिले सम्म बैतडीका ४ सय ६८ जनामा कोरोना पुष्टिभएको छ । यस्तै ४ सय ६८ मध्ये ४सय४६ जना कोरोनामुक्त भएका छन ।अब बैतडीमा १९ जनामात्रै कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।