दशैँ मनाएर फर्कनेहरुको लर्को

३ बर्ष अघि

२0७७ कार्तिक १२ बुधबार

दशैँ मनाएर फर्कनेहरुको लर्को

जनक साउद–कार्तिक १२ बैतडी । बैतडीबाट दशै मनाएर फर्कनेहरुको लर्को लाग्न थालेको छ । दशै मनाउनका लागी तराईका बिभिन्न ठाउँहरु तथा रोजगारीको शिलशिलामा बिभिन्न सहरमा रहेका नागरिकहरु गाउँ फर्किएकोमा दशैँ सकिए लगत्तै काममा फर्कनेहरुको लागेको छ । पहाडबाट बसाई सरेर गएका नागरिकहरु प्रत्येक बर्ष देबी देउताको पुजाआजाका लागी जन्मभुमि फर्कने गर्दछन । बैतडीका प्रशिद्ध शक्तिपिठ निगंलाशैनी भगवती मन्दिर देहीमाण्डौ, उदयदेब मन्दिर पाटन, मेलौली भगवती मन्दिर मेलौली, डिलाशैनी भगवती मन्दिर तल्लादेही र कफ्लाशैनी मन्दिर डिलाशैनीमा दशै जात्रा सम्पन्न भएको छ ।
यी बाहेक अन्य ईष्टकुल देबी देउताका मन्दिरहरुमा पनी पुजाआजा सम्पन्न भएको छ । देबी देउताको पुजाआजा गरेमा मनोकामना पुरा हुने धार्मिक बिश्वास रहेकोले बसाई सरेर गएकाहरु पनी दशैको समयमा जन्मभुमि फर्कने गर्दछन । पुजाआजाका लागी गाउँ फर्किएका नागरिकहरु अहिले हुलका हुल तराई झर्न थालेका छन । रोजगारी तथा पढाईको शिलशिलामा जिल्ला बाहिर रहेका नागरिकहरु पनी अहिले जिल्ला छोड्न थालेका छन । जिल्लाको गोठलापानी, देशीमाण्डौ, सतँबाज, सिल्लेगाडा, खोचलेक र गोकुलेश्वरमा खच्चाखच यात्रुहरु देख्न सकिन्छ । यस्तै पाटन, मेलौली, खोड्पे र ढोल्यामोडबाट पनी हुलका हुल यात्रुहरु बोकेर बसहरु गुड्ने गरेका छन । दशैको मान्नको लागी घर फर्किएकोमा दशै सम्पन्न भए पछि काममा फर्किन थालेको दोगडाकेदार गाउँपालिका १ का बिजय बिकले बताए । अहिले गाउँ फर्किकाहरु धमाधम काममा फर्किन थालेको उहाँका भनाई छ । यो बर्ष कोरोना महामारीले गर्दा दशैमा गत बिगतका बर्षहरुको जस्तो चहल पहल नभए पनि सामान्य तरिकाले दशै सम्पन्न भएको हो ।