दार्चुला जिल्लामा स्क्रब टाइफसको बिरामी बढ्दै सर्तक रहन डाक्टरको आग्रह 

३ बर्ष अघि

२0७७ कार्तिक १२ बुधबार

दार्चुला जिल्लामा स्क्रब टाइफसको बिरामी बढ्दै सर्तक रहन डाक्टरको आग्रह 

दृष्टिकोण समाचार कार्तिक १२ दार्चुला । दार्चला जिल्लामा स्क्रब टाइफसका विरामी बढ्दै गएका छन् । जिल्लामा अस्पताल दार्चुलाका अनुसार सात वटा स्थानीय तहका ७२ जना स्क्रब टाइफसका विरामी देखिएका हुन । जिल्लामा ४९ जना महिला र २३ जना पुरुषमा स्क्रब टाईफस देखिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिनुभयो । हाल सम्म महाकाली नगरपालिकामा २९ जना महिला तथा १४ जना पुरुष गरि ४३ जना , मार्लिकार्जुन गाउँपालिकामा ९ जना महिला तथा ५ जना पुरुष गरि १४ जना, व्याँस गाउँपालिकामा ४ जना महिला तथा ३ जना पुरुष गरी ७ जना, दुहुँ गाउँपलिकामा २ जना महिला तथा १ जना पुरुष गरी ३ जना नौगाड गाउँपालिकामा ३ जना महिला, शैल्यशिखर नगरपालिकामा १ जना महिला र लेकम गाउँपालिका १ जान महिला सहित ७२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी भट्टले जानकारी दिनुभयो । जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि पुगेका व्यक्तिहरुको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको अस्पतालले जनाएको छ । गत आर्थिक बर्षमा जिल्लाभरी ३ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थियो । हाल सम्म जिल्लामा देखिएकाहरु स्क्राब टाइफसका बिरामीलाई घर पठाइएको छ । गत वर्षको तुलनामा यो वर्ष स्क्रब टाइफसका विरामी बढि देखिन थालेका छन् ।  चिकित्सकहरुका अनुसार माइट नामक किर्नाको टोकाईबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन । यसबाट बच्नका लागि जिल्ला अस्पतालले ब्यक्तिगत र घर आगन सरसफाईमा जोड दिने, पशुचौपाया, मुसाहरुबाट बँच्ने, ओसीलो ठाँउमा बस्दा वा काम गर्दा शरीर कपडाले ढाक्ने सुझाबहरु दिने गरेका छन् । स्क्रब टाईफसको उच्चजोखीममा महिलाहरु बढी रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ७२ जनामध्ये ४९ जना महिला रहेका छन् । महिलाहरु पशुचौपायको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाँउमा महिलाहरु घाँस तथा स्याउला सोतर गर्ने भएका कारण पुरुष भन्दा बढी महिलाहरु स्क्रबको जोखिममा रहेका जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।