शसक्त प्रतिपक्षीको भूमिका खेल्नेः काँग्रेस नेता सिंह

६ बर्ष अघि

२0७५ श्रावण ६ आईतवार

शसक्त प्रतिपक्षीको भूमिका खेल्नेः काँग्रेस नेता सिंह

दृष्टीकोण समाचार, साउन ६ दार्चुला । ३६ औँ विपि स्मृतीको अवसरमा विपि प्रतिष्ठान दार्चुलाले आयोजना गरेको बिचार गोष्ठी कार्यक्रममा सहभागि हुन दार्चुला आइपुग्नु भएका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेसले शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् । आईतबार विहान बैशेक इन रिसोर्ट होटेलमा प्रेय युनियन दार्चुला शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  नेता सिंहले यस्तो बताएका हुन् । मुलुकमा गणतन्त्र स्थापना भई देश नयाँ संरचनामा अगाडी बढीरहेको सन्दर्भमा अहिलेको कम्युनिष्ट सरकारले दुई तिहाईको दम्भ देखाई विभिन्न अराजकता र गणतन्त्र विरोधी काम गरीरहेको सन्दर्भमा अब नेपाली काँग्रेसले समग्र राष्ट्रको हितका लागि आफ्नो भूमिका बढाउने बताएका छन् ।  त्यस्तै दार्चुला जिल्लाबाट प्रतिनीधी सभा सदस्य दिलेन्द्र प्रसाद बडुले समग्र दार्चुलाको विकासका लागि नेपाली काँग्रेसले संसदमा आवाज उठाईरहेको बताउँदै समग्र दार्चुलाको विकासका लागि स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गर्दै विकास निर्माणमा लाग्नु पर्ने बताएका छन् ।  प्रेस युनियनका कार्यबहाक अध्यक्ष केशवदत्त भट्टको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह प्रमुख अतिथी रहेका थिए । त्यस्तै नेता दिलेन्द्र प्रसाद बडु विशिष्ट अतिथी रहेका थिए भने नेपाली काँग्रेसका अर्का नेता हृदय राम थारु अतिथी रहेका थिए ।  कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापती ललितसिह बोहरा,  जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की लगायत नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।