१२ दिन पछि हटाईयो सदरमुकामको निशेधाज्ञा

३ बर्ष अघि

२0७७ कार्तिक ११ मंगलवार

१२ दिन पछि हटाईयो सदरमुकामको निशेधाज्ञा

दृष्टिकोण समाचार कार्तिक ११ दार्चुला ।  दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिका वडा नम्बर ४ र ५ बाट कन्ट्रर्याक्ट ट्रेसिङ अनुसार असोज २६ गते स्वाब संकलन गरिएकोमा असोज २९ गते गरिएको परीक्षणमा केहि मानिसमा कोरोना संक्रमण पुष्टि भएपछि असोज २९ गते बेलुकी ८ बजेदेखि जारी गरिएको निषेधाज्ञा मंगलबारदेखि हटाइएको छ ।महाकाली नगरपालिका वडा नम्बर ४ र ५ मा संक्रमित बढ्दै गएको भन्दै संक्रमणको जोखिम समुदायमा थप फैलिन नदिन महाकाली नगरपालिकाले वडा नम्बर ४ को सम्पूर्ण क्षेत्र र वडा नम्बर ५ को गल्फै, ऐरान, तल्लासैन र मोहती क्षेत्रमा निषेधाज्ञा जारी गर्न गरेको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले लागू गरेको निषेधाज्ञा कार्तिक ११ गते बेलुकी ६ बजे देखि लागू हुने गरी हटाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो । महाकाली नगरपालिकाको सिफारिसमा असोज २९ गते विहिवार बेलुकी ८ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि भन्दै निशेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा अवधिमा उक्त क्षेत्रमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै अत्यावश्यक सेवा डेरी, तरकारी तथा फलफुल र खाद्य सामाग्री विहान ७ बजेदेखि ९ बजेसम्म मात्र खुल्ला रहने तथा औषधी पसल २४ सैँ घण्टा खुल्ला सहन सक्ने र तोकिएको समय बाहेक अन्य समयमा कुनै पनि किसिमको आवतजावत गर्न नपाउने गरी निशेधाज्ञा जारी गरिएको थियो । निशेधाज्ञा अवधिभर अस्पताल, औषधी पसल लगायत अन्य स्वास्थ्य सम्बन्धि निकाय र सुरक्षा निकाय बाहेक अन्य कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु कार्तिक २ गतेदेखि बन्द गर्ने निर्णय गरिएको थियो । निशेधाज्ञाको उल्लङघन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने जनाइएको भएपनि निषेधाज्ञाको पूर्ण पालना भने भएको थिएन ।अझैपनि संक्रमणको जोखिम कायमै रहेकोले सामाजिक, भौतिक, व्याक्तिगत दुरी कायम गर्न, मास्क र सेनिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्दै भिडभाड हुने गतिविधि नगर्न नगराउन स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको छ ।हेनुहोस पत्र सहित