कुटपिटबाट एक जनाको मृत्यु

३ बर्ष अघि

२0७७ कार्तिक ११ मंगलवार

कुटपिटबाट एक जनाको मृत्यु

बैतडी कार्तिक ११ । बैतडी जिल्लमाकुटपिटबाट एक जनाको ज्यान गएको छ । पन्चेस्वर गाउँपालिका ३ कुलाउ डुङरिका २८ वर्सिय कमल साउदको ज्यान गएको हो । यहि असोज ९ गते आइतबार साँझ मदिरा सेवन गरि स्थानिय बिरेन्द्र चन्द र ग्यानेन्द्र चन्दले साउद माथी कुटपिट गरि साउदलाइ गम्भीर घाइते बनाएको र उपचारका लागि धनगढीबाट कोहलपुर रेफर गर्दा बाटोमै ज्यान गएको मृतकका आफन्त सुरेन्द्र साउदले जानकारी दिनुभयो ।मृतक साउदका आफन्तले जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिने तयारी भैरहेको बताएका छ्न । मृतक सावदको शवअहिले जिल्ला अस्पताल बैतडीको शवगृहमा राखिएको छ । घटनाको थप अनुुसन्धान भइरहेको प्रहरी जनाएको छ ।