जुवाको खालबाट वडाध्यक्ष सहित ११ जना पक्राउ

३ बर्ष अघि

२0७७ कार्तिक ११ मंगलवार

जुवाको खालबाट वडाध्यक्ष सहित ११ जना पक्राउ

कार्तिक ११ । गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका वडा नं। ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे सहित ११ जना रहेका छन् ।सोमबार राति विशेष सूचनाका आधारमा होटलमा छापा मार्दा ११ जना जुवाडेलाई पक्राउ गर्नुका साथै ३२ हजार नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ ।