बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु

३ बर्ष अघि

२0७७ कार्तिक ११ मंगलवार

बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु

 कार्तिक ११ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ ।अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले दिएको जानकारी अनुसार एक महिला र अर्का एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।कात्तिक १० गते स्वास्थ्यमा समस्या आएर पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएकी तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमबार राति मृत्यु भएको उनले बताए । त्यसैगरी कार्तिक ७ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएर अस्पताल भर्ना भएका बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु  भएको हो ।