चीनको काशगार सहरमा एक जनामा कोरोना सङ्क्रमण देखिएपछि पुरै सहरबासीको पीसीआर गरिँदै

३ बर्ष अघि

२0७७ कार्तिक ११ मंगलवार

चीनको काशगार सहरमा एक जनामा कोरोना सङ्क्रमण देखिएपछि पुरै सहरबासीको पीसीआर गरिँदै

  काठमाडौ कार्तिक ११ । चीनले सिन्जियाङ् प्रान्तको काशगार शहरका झण्डै ४७ लाख मानिसको एकैपटक कोरोना परीक्षण गर्ने भएको छ ।काशगारको शुफु काउन्टीमा रहेको एउटा गार्मेन्ट उद्योगमा काम गर्ने एक महिलामा लक्षणविनाको सङ्क्रमण देखिएपछि त्यहाँ परीक्षणलाई व्यापक बनाएको बीबीसीले जनाएको छ । अहिलेसम्म लक्षण नदेखिएका एक सय ३८ सङ्क्रमित फेला गरेका छन् ।चिनियाँ मुख्य भूभागमा गएको १० दिनयता पहिलो पटक कोरोनाभाइरस सङ्क्रमित फेला परेका हुन् । त्यसपछि व्यापक रुपमा शुरू गरिएको परीक्षणका क्रममा लक्षण नदेखिएका थप १३७ जना फेला परेका खबरमा उल्लेख छ । केही समयभित्रै पुरै शहरका सबै मानिसको परीक्षण गर्ने अधिकारीहरुले बताएका छन् ।काशगार शहरका विद्यालयहरू शहरका पुरै विद्यालय बन्द गरिएका छन् भने शहरका सबै मानिसको नेगेटिभ रिपोर्ट नआएसम्म त्यहाँका बासिन्दालाई शहर छोड्ने अनुमति दिइएको छैन । चीनमा अहिलेसम्म् ८५ हजार आठ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने चार हजार छ सय ३४ जनाको ज्यान गइसकेको छ । ८० हजार नौ सय ११ जना कोरोनामुक्त भइसकेकाले अब चीनमा दुई सय ६५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।