आईपीएलमा पञ्जाबले कोलकातालाई ८ विकेटले हरायो

३ बर्ष अघि

२0७७ कार्तिक ११ मंगलवार

आईपीएलमा पञ्जाबले कोलकातालाई ८ विकेटले हरायो

काठमाडौ कार्तिक ११ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले कोलकाता नाइट राइडर्सलाई हराएको छ ।सारजहा मैदानमा राति सकिएको खेलमा पञ्जाब ८ विकेटले विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको कोलकोत्ताले दिएको १ सय ५० रनको लक्ष पन्जाबले १८ ओभर ५ बलमा २ विकेटको क्षतिमा भेट्टायो ।यसअघि कोलकोत्ताले ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । जितसँगै १२ अंक जोडेर पञ्जाब चौथो स्थानमा उक्लिएको छ भने १२ अंक नै भएपनि रनरेटका आधारमा कोलकोत्ता पाँचौ स्थानमा झरेको छ ।