धरानमा थप १८१ जनामा कोरोना संक्रमण

३ बर्ष अघि

२0७७ कार्तिक १0 सोमबार

धरानमा थप १८१ जनामा कोरोना संक्रमण

सुनसरी कार्तिक १० । सुनसरीको धरानमा थप १८१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत बुधबार एन्फा एकेडेमीमा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब संकलन गराएका १८१ जनामा संक्रमण पुष्टि भएको हो ।  आइतबार साँझ संक्रमित थपिएसँगै धरानमा कोरोना संक्रमितको संख्या २ हजार ५५१ पुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।