अमेरिकामा ८८ लाखभन्दा बढीमा संक्रमण, २ लाख ३० हजारको मृत्यु

३ बर्ष अघि

२0७७ कार्तिक १0 सोमबार

अमेरिकामा ८८ लाखभन्दा बढीमा संक्रमण, २ लाख ३० हजारको मृत्यु

काठमाडौं कार्तिक १० । अमेरिकामा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ । सोमबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६० हजार ८८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८८ लाख ८९ हजार १७९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५७ लाख ७२ हजार ४९८ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २८ लाख ८६ हजार १७१ जनामध्ये १६ हजार ३७७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३० हजार नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार सोमबार थप ४४२ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ३० हजार ५१० पुगेको छ ।