राजस्थानले मुम्बईलाई ८ विकेटले हरायो, बेन स्टोक्सको शतक

३ बर्ष अघि

२0७७ कार्तिक १0 सोमबार

राजस्थानले मुम्बईलाई ८ विकेटले हरायो, बेन स्टोक्सको शतक

काठमाडौं कार्तिक १० । आईपीएल क्रिकेटमा बेन स्टोक्सको शतक र सन्जु सामसनको अर्धशतक मद्दतमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई आठ विकेटले हराएको छ ।मुम्बई इन्डियन्सले दिएको १९६ रनको विजय लक्ष्य राजस्थानले १० बल बाँकी छँदै पूरा गर्यो ।बेन स्टोक्सले नटआउट १०७ र सामसनले नटआउट ५४ रन बनाए । यी दुवैले तेस्रो विकेटका लागि १३।४ ओभरमा १५२ रनको साझेदारी गरे । स्टोक्स म्यान अफ द म्याच भए ।बलिङतर्फ मुम्बईका लागि जेम्स प्याटिन्सले दुई विकेट लिए ।दुबईमा जारी आईपीएलको १३ औं संस्करणमा राजस्थानको यो पाँचौ जित हो । यो जितसँगै राजस्थान छैटौं स्थानमा उक्लिएको छ ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९५ रन बनाएको थियो । मुम्बईका लागि हार्दिक पाण्ड्याले केबल २१ बलमा नटआउट ६० रन बनाएका थिए । उनले ७ छक्का र २ चौका प्रहार गरे ।यसैगरी सूर्यकुमार यादवले ४०, इशान किसनले ३७ र सौरभ तिवारीले ३४ रन बनाए ।बलिङतर्फ राजस्थानका जोफ्रा आर्चर र श्रेयस गोपालले २–२ विकेट लिए ।अंकित राजपुत महँगा बलर साबित भए । उनले चार ओभरमा ६० रन दिए । यस्तै कार्तिक त्यागीले ४५ रन खर्च गरे ।