गण्डकी प्रदेशमा थप २ सय २९ जनामा कोरोना पुष्टि

३ बर्ष अघि

२0७७ कार्तिक १0 सोमबार

गण्डकी प्रदेशमा थप २ सय २९ जनामा कोरोना पुष्टि

काठमाडौ कार्तिक १०  । गण्डकी प्रदेशमा थप २ सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिकामा मात्रै १ सय १ जनामा कोरोना पुष्टि भएको छ । यस्तै नवलपसारी सुदूरपूर्वमा ७५ जना, तनहुँ २६, बाग्लुङमा १७, लम्जुङमा ५, गोरखामा ४ र स्याङजा १ गरी २ सय २९ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ६ हजार ७ सय ११ पुगेको छ । जसमध्ये ३ हजार ८ सय १५ जना निको भएका छन् भने २ हजार ४ सय ७७ जना सक्रिय सङ्क्रमित छन् । आज कोरोना पोजेटिभ आएका धेरैजसो कन्ट्याक ट्रेसिङमा परेका हुन् । उनीहरु सबैलाई आइसोलेशनमा बस्न भनिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म ६३ जनाको ज्यान गएको छ ।